आज :

झडपमा ३ प्रहरीसहित १७ जना लडाकु मारिए

काठमाडौं । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा भएको झडपमा ३ प्रहरीसहित १७ जना लडाकु मारिएका छन् ।

आज (शनिबार) तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी ३ प्रहरीसहित १७ जना लडाकू मारिएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् ।

कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्लामा रहेको एक प्रहरी चौकीमा शनिबार बिहान तालिबान लडाकू समूहले गरेको आक्रमणको सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १४ तालिबान लडाकू मारिएका छन् ।

सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको झडपमा परी ३ सुरक्षा अधिकारीको पनि मृत्यु भएको छ । झडपमा परी ४ सुरक्षा अधिकारी र ७ तालिबान लडाकू घाइते भएका छन् ।

तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा केही समय यतादेखि सुरक्षा व्यवस्थामा सुधार भएको बताए पनि तालिबान आतङ्ककारी समूहले यस प्रान्तमा बारम्बार आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal