
काठमाडौं । बझाङका लागि काठमाडौंबाट छुटेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको छ ।
ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी गाउँपालिकाको वडा नं.७ मा कोहलपुरबाट पूर्वतर्फ गइरहेको भे १ ख २८९२ नं.को टिपरसँग ठक्कर खाँदा ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये बस चालक र सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य ३ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।