News Portal

  • ओभरटेक गर्न खोज्दा ३ ट्रक ठोक्किएर दुर्घटना

    २२९ पटक

    हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ स्थित जैसिङमा ३ ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ ।

    हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएको प्रहरको भनाई छ ।

    दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दुर्घटना भएको हो । बिहान साढे ९ बजेको समयमा उक्त दुर्घटना भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्