
काठमाडौं । आँधीका कारण अमेरिकाको फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ ।
आँधीका कारण अवतरणका क्रममा रहेको बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट १३६ जना यात्रु लिएर आइरहेको थियो ।
ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् । दुर्घटनामा २० जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार राती ९ः४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो ।