आज :

कोलकाता ‘प्लेअफ’ नजिक, पन्जाबलाई ७ विकेटले हरायो

काठमाडौं । किंग्स इलेभेन पन्जाबलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’ नजिक पुगेको छ ।

शुक्रबार राति भएको खेलमा कोलकाताले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । कोलकाताले पाएको १८४ रनको लक्ष्य १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको छ । सुभम् गिलले ‘नटआउट’ ६५ रन बनाएको इनिङ्समा क्रिस लिनले ४६ रन जोडेका थिए ।

रोबिन उथप्पा २२ र आन्द्रे रसेलले २४ रनको योगदान गरेका दिएका छन् । यसअघि, टस हारेपछि पहिले ब्याटिङमा निम्त्याइएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

पन्जाबका लागि साम कुरानले अविजित रहँदै सर्वाधिक ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको इनिङ्समा मायांका अग्रवालले ३६ रन जोडे । कोलकाताका सन्दीप वारियरले २ विकेट लिए ।

जितपछि कोलकाताले अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेको छ । पन्जाब भने प्रतियोगिताबाटै बाहिरिएको छ । समूह चरणमा एक खेल हुन बाँकी छ । चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal