आज :

आज आमाको मुख हेर्ने दिन

काठमाडौं ।  आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन अर्थात्  ।

शनिबार विहानैबाट आशिर्वाद लिने र मीठा–मीठा परिकार खान तथा राम्रा कपडा दिएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्न विविध कार्यक्रम भइरहेका छन् । कसैले घरमै आमाको आशिर्वाद लिइरहेका छन् भने कसैले मन्दिरमा पुगेर पूजा गरिरहेका छन् ।

आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन् ।

आमाको सम्झनामा काठमाडौंको थानकोट, मातातीर्थमा मेला लागिरहेको छ । दिवंगत आमाको सम्झनामा हरेक वर्ष आजको दिन मेला लाग्ने गर्दछ । शनिबार बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुइँचो छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal