आज :

बस अनियन्त्रित भएर सडकमै पल्टियो, १७ जना भन्दा बढी घाइते

काठमाडौं । आज (शुक्रबार) बिहान बस दुर्घटना भएको छ । चाबहिल-जोरपाटी-बौद्ध-साँखु सडकखण्ड अन्तर्गत बौद्ध टुसालमा बस दुर्घटना भएको हो ।

आलापोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं.को बस बिहान साढे ९ बजेतिर दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ । दुर्घटनामा परी १७ भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेकोे छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो । बसका चालक भने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal