आज :

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सिरहा । भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले सीमावर्ती भगवानपुर गाउँपालिका-४ दशगजा मिनि बजार जाने बाटोबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्राम पञ्चायत बगहा १ बस्ने २८ वर्षिय राजेश कुमार यादव रहेका छन् । प्रहरीका अनुसार उनको साथबाट एक थान पेस्तोल, खाली खोका र गोली बरामद गरिएको छ ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखि अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal