आज :

कार दुर्घटना एकको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज (शुक्रबार) बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना गम्भीर घाइते भएका छन् । कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं.को कार दुर्घटना हुँदा सवार रामपुर ६ दाङका ४७ वर्षिय तीर्थ आचार्यको मृत्यु भएको प्रहरीको भनाई छ ।

यसैगरी कारमा सवार लमही-८ दाङका २७ वर्षिय अनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कार अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal