
रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।
प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै उनलाई निलम्बन गरेको हो । डकैत समूहसँग साठगाँठ रहेको आशंकामा उनी निलम्बनमा परेका हुन् ।
सो घटना बाहिर आउना साथ प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन थालेको थियो । गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन सुरु भएको थियो ।
काठमाडौंको रानीबारीका लालेन्द्र शेरचन्दको घरमा भएको डकैती घटना गराउने मध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनीमाथि छानबिन भएको हो ।
यसअघि पनि ढुंगेल विभिन्न आपराधिक घटनाका अभियुक्तसँग संवादमा रहने गरेको आरोप लागेको छ ।