आज :

संजेल भन्छन्- प्रधानमन्त्रीज्यू, उखान-टुक्काले भ्रष्टाचार रोकिँदैन, थुकिदिउ जस्तो लाग्छ…

काठमाडौँ । वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले उखान–टुक्का, गीत र कवितालले भ्रष्टाचार नरोकिने बताएका छन् । उनले प्रधानमन्त्रीले भ्रष्टाचार रोक्छु भनेको भोलि र व्यवहार नमिलेको बताउँदै भ्रष्टाचार रोक्न कार्यान्वयनमा आउनुपर्ने बताए ।

भ्रष्टाचार विरोधी अभियान्ताको पहिचान बनाएका सरकारका उपसचिव संजेलले संजेलले दिमागमा सेट भएको घर, श्रीमतीलाई सुन–साडी किनौंकिनौं जस्तो लाग्ने सफ्टवेयर नै चेन्ज गर्नुपर्ने बताए । उनले ठेक्काअनुसार भवन निर्माण नगर्ने ठेकेदारलाई कारवाही गर्दा आफ्नो सरुवा भएको बताए ।

४० वर्षदेखि निजामति सेवामा कार्यरत संजेलले राजनीतिकशास्त्र अध्ययन गरेको भन्दै राजनीतिकभित्र घुस र भ्रष्टाचार इन्ट्री भएकोले देश बिग्रिएको बताए । पछिल्लो पटक हावा लाग्दा अर्घाखाँचीमा भत्केको पुल भत्केको भन्दै प्रधानमन्त्रीले किन नदेखेको र कारवाही किन नगरेको बताए । उनले त्यसमा पनि कमिसन खाएको शंका गरौं कि समेत भनेका छन् ।

भ्रष्टाचार रोक्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत, सम्पति सुद्धिकरणलगायतमा काम गर्ने अधिकारीहरुका आँखा बिग्रेको भन्दै आफूले संचय कोष निकालेर उपचार गर्ने बताए । कि चश्मा चेन्ज गर्नुपर्ने कि आँखाको जाँच गर्नुपर्ने बताए ।
सरकारले दिएको तलव भत्ता खाँदा भ्रष्टाचार गर्यो भनेर आफूविरुद्ध षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध डटेर सामना गर्ने बताए । आफ्नो सेवा अवधिसम्म कसैले पाँच रुपैयाँ घुस खाएको भनेर भन्यो भने हात काटेर दिन सक्ने बताए ।

निजामति कर्मचारी जनताको सेवा गर्ने भएपनि विभिन्न आरोप लाग्ने गरेको भन्दै संजेलले आफ्नो सेती ड्रेस र परिचयपत्रमा थुकौ जस्तो लाग्ने बताए ।

संजेलमाथि लागेको भ्रष्टाचार अभियोगको अख्तियारमा पुगेरै बयन दिइसकेका छन् । यो भिडियो त्यो भन्दा पहिलेको हो । संजेलले नेपालको राजनीतिक नेतृत्व र कर्मचारीलाई भ्रष्टाचार रोक्ने उपाय सिकाएका छन् । त्यसैले उपयुक्त लागेर यो भिडियो हामीले पोष्ट गरेका हौं ।

https://www.facebook.com/www.haminepali.com.np/videos/428429187941647/?t=1369

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal