आज :

बहिर्गमित जनमुक्ति सेनाले (नेकपा)का महासचिव पौडेलले माग्यो राजिनामा, सरकारी जमिनमा गिद्दे नजर

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको राजिनामा मागेको छ । बालुवाटारको सरकारी जग्गा आफ्नो नाम गरेपछि चौतर्फी विरोध भइरहेको बेला पूर्वजनमुक्ति सेनाले कारवाहीलाई सहयोग गर्न राजिनामा मागेको हो । उसले महासचिव पदमा बसिरहँदा छानविन प्रभावित हुन सक्ने बहिर्गमित जनमुक्ति सेनाले शंका गरेको छ ।

बहिर्गमित जनमुक्ति सेनाले राष्ट्रिय सम्पतीमा गिद्दे नजर लगाएर बालुवाटारको सरकारी जमिन आफ्नो नाममा गर्नुको ठूलो अपराध भएको बताउँदै पौडेलले नैतिक हिसाबले राजिनामा दिनुपर्ने बताएको छ । पौडेललाई कारवाही गर्नुको साटो सरकारले बचाउन खोजेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति समेत जनाएको छ ।

संगठनका महासचिव राजन थापा ‘सुवास’ ले विज्ञप्ति जारी गरेर बालुवाटारको सरकारी जमिन पौडेलले छोरा नविनको नाममा नामसारी गरेको प्रमाणित भइसकेको भन्दै कारवाहीको माग गरेका छन् ।

“पूर्व अर्थमन्त्री तथा (नेकपा) का महासचिव बिष्णु पौडेलले पार्टीबाट नैतिकताको हिसाबले पनि राजिरामा दिनुपर्छ । जो कोहिले पनि नेपालको राष्ट्रिय सम्पतिमाथि गिद्दे नजर लगाएर कुनै सेटिङ्ग मिलाएर आम नेपाली जनताको आँखामा छारो हालेर राष्ट्रिय सम्पति निजीकरण गर्नु ठूलो अपराध हो” सुवासले भने ।

महासचिव पौडेलले भूमाफियासँगको सेटिङमा सरकारी जमिन छोरोका नाममा गरेको प्रमाणित भइसकेको भन्दै सुवासले कारवाहीको माग समेत गरे । उनले पौडेलले आफू ठगिएको भन्दै झुट बोल्दा पनि (नेकपा)का नेता–कार्यकर्ता तैचुप र मैचुप भएको आरोप समेत लगाए ।

“आज किन (नेकपा) नेता–कार्यकर्ता तैचुप मैचुप भइरहेको छन् । किन गलतबिरुद्ध बोल्नु पर्दैन ? कि नबोल्नु भनेर सर्कुलर जारी गरिसकेको छ ? आठ आना सरकारी जग्गा पौडेले छोरा नवीनको नाममा नामसरी गरिसकेको कुरा प्रमाणित भइसकेको छ, यो कुरा पौडेलले जारी गरेको प्रेस बिज्ञाप्तिबाट पुष्टि भइसकेको छ । उहाँले स्वीकार गर्नुभएको छ । राष्ट्रिय सम्पति चहे ब्यक्तिले पैसा तिरेर किनोस् वा सेटिङ्ग मिलाएर ब्यक्तिको नाममा नामसारी गरोस् अपराध हो” सुवासले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली हाकाहाकी सरकारी सम्पति व्यक्तिको नाममा जाँदा पनि कानमा तेल हालेर सुतेको आरोप सुवासले लगाए । भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताउँने प्रधानमन्त्रीले सरकारी जमिन नै व्यक्तिको नाममा गर्दा किन कारवाही नगरेको ? भन्दै सुवासले प्रश्न गरेका छन् ।

“सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू किन कानमा तेल हालेर निदाई रहनु भएको छ ? के तपाईँको पार्टीका महासचिवले गरेको गलत काम गरेको विरुद्धमा उहाँलाई कार्बाहीको दायरामा ल्याउनु पर्दैन ? भ्रष्टाचार र समाजमा कुनै खालको अनैतिक गतिबिधि हुन दिन्न भन्नु भएको होइन र ? यदि पौडेललाई कारवाही गर्नु भएन भने तपाईँ गफाडी र उखाने–टुक्के भन्न बाध्य हुनेछौं” सुवासले भने । उनले प्रधानमन्त्री चुप लागेर बसिरहनुभएको छ आफूहरुलाई जवाफ चाहिने बताए ।

दुई तिहाईको सरकारले जे गर्दा पनि हुने हो ? भन्दै सुवासले प्रश्न गरेका छन् । सीमामा भारतीय विस्तारवादले अतिक्रमण गर्ने र सत्तारुढ पार्टीकै महासचिव नै सरकारी जमिन अतिक्रमण लाग्नु राष्ट्रकै बेइजत भएको सुवासको दाबी छ ।

त्यसैगरी २०७५ साउन २३ गते सरकारले संसदमा पेश गरेको नगरिकता विधेयक ऐन राष्ट्रघाती भएको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति जनाएको छ । उसले उक्त विधेयक फिर्ता गर्न माग समेत गरेको छ । यो राष्ट्रको सुरक्षामाथि नै गम्भीर प्रश्न भएको भन्दै महासचिव सुवासले विदेशी प्रभुलाई खुशी पार्न सरकारले उक्त विधेयक ल्याएको आरोप समेत लगाए ।

विदेशीलाई चाउचाउको बिक्री गरेजस्तै गरेर नागरिकता वितरण गर्ने सरकार लागिरहेको बताउँदै सुवासले भने, “बिदेशीहरुलाई जन्मसिद्ध वंशजको आधारमा नागरिकता बितरण गरेर चाउचाउलाईझैं नागरिकतालाई बिक्री गर्न खोजिएको छ । यदि त्यो बिधेयक संसदबाट पारित भयो भने भारतीय विस्तारवादीले हाम्रो देशलाई अल्पमतमा पारी नेपाललाई सिक्किम बनाउने योजनामा सफल हुनेछ ।” उनले उक्त विधेयक विरुद्ध बोल्न सबैलाई अपील समेत गरेका छन् ।

सुवासले बालुवाटारलगायत देशभरको सरकारी जमिन व्यक्तिको नाममा गर्ने भूमाफियालाई कारवाही नगरिए बहिर्गमित जनमुक्ति सेना चुप लागेर नबस्ने  भन्दै पौडेललगायत सबै भूमाफियालाई कारवाही गर्ने चेतावनी दिए । त्यस्तै उनले नागरकि विधेयक फिर्ता नभए हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिए ।

बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई ६ सुझाव दिएको छः 

१. हवाइडबडी काण्डको भ्रष्टाचारीहरुलाई तत्काल कार्बाही गर्नुहोस् ।

२. निर्मला हत्याकाण्डका अपराधिलाई कार्बाही गरी निर्मलालाई न्याय दिनुहोस् ।

३. सुन काण्डको गृह कहाँ छन् उनीहरुलाइ पनि कडा भन्दा कडा कार्बाही गर्नुहोस् ।

४. राष्ट्रघाती नगरिकता बिधेयक खारेज गर्नुहोस् ।

५. हाम्रो देशको राष्ट्रिय स्वधिन्ताको रक्षाको लागि हाम्रो नेपाली सीमा समस्यालाई समाधान गर्न नेपाल र भारतको सिमानामा २० फुटे मजबुद काँडेतार को बार लगाउने हिक्मत गर्नुहोस् ।

६. बालुवाटारको सरकारी जग्गा प्रकरण छानबिन गरि पौडेलसहितका दोषीलाई कार्बाही गर्नुहोस् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal