आज :

पशुपति शर्माको ‘लुट्‍न सके लुट…’ पछि मगरको नयाँ गीत- ‘ठोक्न सके ठोक विप्लव, भ्रष्टलाई ठोक’ 

काठमाडौं । केही दिन पहिले कलाकार तथा गायक पशुपति शर्माले नेपाली सामाज र राजनीतिबारे गीत लेखे । भिडियोसहितको उक्त गीतले नेपालीमा चर्चा निकै पायो । ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’ उक्त गीत एकै पटक गाउँ शहर-चौक र गल्लीमा चर्चा भयो ।

गीत बन्द नै गरियो । सत्तारुढ दलका युवाहरुले उक्त गीत बन्द गर्न धम्की नै दिए । गीतको पक्षमा माइतिघरसहित केही ठाउँहरुमा प्रदर्शन समेत गरियो । तर शर्माले उक्त गीत युट्‍युबाट हटाए पनि अन्य व्यक्ति वा संस्थाहरुले अपलोड गरेको उक्त भिडियो अहिले पनि हेर्न सकिन्छ ।

शर्माको गीतको चर्चा सकिन नपाउँदै अर्का कलाकारले अडिसन दर्लामी मगरले ‘ठोक्न सके ठोक विप्लव…’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । सामाजिक संजालमार्फत विकृति-विसंगतिविरुद्ध चोटली प्रहार गर्दै अाएका मगरले विप्लव नेतृत्वको नेकपामाथि सरकराले प्रतिबन्द लगाएकै बेला उक्त गीत सार्वजनिक गरेका छन् । यो गीतमा अभिनय गरेको भिडियो छैन भने उनले अाफैले गाएको भिडियो मात्रै युट्‍युवमा अपलोड गरिएको छ ।

गीतमा भ्रष्टहरुलाई खबरदारी गर्दै विप्लवलाई नछोड समेत भनेका छन् । उनले प्रचण्डले अाफूहरुलाई मार्न मान्छे खटाएको प्रसंगलाई गीतमा जोडेका छन् । गीतमा प्रचण्डलाई मात्रै होइन अरुलाई पनि नछोड भनिकएको छ ।

यस्तो छ गीत

युट्‍‍षुवबाट हटाएको शर्मा गीत

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal