News Portal

  • रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    २२५ पटक

    रोल्पा । सोमबार राति चट्याङ पर्दा रोल्पामा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार गएराति ९ बजेतिर चट्याङ लाग्दा रोल्पा माडिपा-५ सरुवाका स्थानीय २७ वर्षिय जोती परियारको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार चट्याङबाट बेहोस भएकी उनको घटनास्थलमै मृत्यु भएको थियो । चट्याङ पर्दा छिमेकी आफन्तको घरमा खाना खाँदै गरेका परियारसहित कोठामा रहेका सबै बेहोस भएका थिए ।

    ‘बाँकी अरु चिच्याउदै कराउदै उठियो तर उनी उठेनन्’ स्थानीय रोशन परियारले भने । शव पोष्ट मार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्