आज :

श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

सर्लाही । बरहथवा नगरपालिकामा खुकुरी प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बरहथवा नगरपालिकामा बस्दै आएका उदयपुरको सुरुंङ्गा नगरापालिकाका ३० वर्षिय रामजी विश्वकर्माले ३३ वर्षिय श्रीमती सुनिता विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरी भाग्दै गरेका उनलाई प्रहरीले बिहिबार रातीनै पक्राउ गरेको छ । सुनिताको घटना स्थलमै ज्यान गएको थियो ।

मृतक सुनिता बरहथवास्थित चक्र जनता बहुमुखी क्याम्पस बरहथवामा शिक्षिकाको रुपमा कार्यरत रहेकी थिईन् । रामजी अम्मर सुनचाँदी पसलमा कालीगढको काम गर्ने गरेका थिए ।

उनीसँग दोस्रो विवाह गरेकी सुनिताकोे पहिलो श्रीमानतर्फ १५ वर्षकी छोरी छिन् । आफू सुतिरहेका बेला श्रीमतीले खुकुरी प्रहार गर्न खोजेपछि सोही खुकुरी खोसेर आक्रमण गर्दा श्रीमतीको ज्यान गएको रामजीले बताएको प्रहरीले बताएको छ ।

घटनाकोबारेमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको बरहथवाका प्रहरी निरीक्षक आमोद खेरवारले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal