आज :

प्रधानमन्त्री ओलीलाई विप्लवका नेताले सोधे -१७ प्रश्न

ओलि महोदय ! यि सबालहरुको जबाफ पाउँ,

हाम्रो पार्टी र नेतृत्वको बारेमा प्रधानमन्त्री केपि ओलि स्वयं गोयबल्स शैलिको दुस्प्रचार अभियानमा लाग्नु भएको छ। देशको बिखन्डकारी तत्वसङ्ग अङ्गालो हाल्दै बिप्लबले नेतृत्व गर्नु भएको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी  विरुद्ध तुच्छ प्रकारको अभिव्यक्ति दिएर यो मोर्चाको कमान्ड सम्हाल्न आइपुग्नु भएका प्रधानमन्त्रीको स्वयं आफ्नै बारे ,हाम्रो दृस्टिकोण ,दुस्प्रचार ,बर्तमान राज्य र स्वयं उहाँसङ्ग सम्बन्धित केहि सबालमा यो लेखमा छलफल गरिने छ।

स्वयं ओलीकोबारे
झापा आन्दोलनको आधार भुमी ओलि उदयको राज हो । ति ओलि २०४६को जनआन्दोलनसंगै बहुदलीय राजनितिको केन्द्र भागमा चक्कर मारिरहे। मदन भन्डारीको दासढुङ्गा हत्याकान्डासङ्गै नेकपा (एमाले )मा उदय भए माधब नेपाल र ओलि । ओलिको बिजय यात्रा र सत्ताको सिँढी चढ्ने सफलताको पछाडि थुप्रा कारण छन । उनको चौध बर्ष लामो जेलजिबन र झापा बिद्रोहको बिरासत आफैंमा गौरवमय इतिहास हो । तर बहुदलीय ब्यबस्थाको पुनर्स्थापना पछिको उनको सम्दिब्ध गतिविधि असमान्य लाग्नु इतिहासको यतार्थता हो । दोश्रो जनआन्दोलन र गणतान्त्रिक अभिस्टलाइ ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्दै दुत्कारेका ओलिको सम्दिब्धताको कारण बुझ्न कठिन थिएन र छैन ।
माओबादी आन्दोलन नेपालको प्रगतिशील र क्रान्तिकारी आन्दोलन कायम रहेसम्म त्यसको बिरु
द्ध घृणा फैलाउनु ओलिको एकमात्र दैनिक कर्म थियो । तिनका अभिव्यक्तिहरु ज्ञानेन्द्र शाहका चाटुकारहरुको भन्दा तुच्छ थियो । सडकमा निरङ्कुश राजाको विरुद्ध टाउकोमा कात्रो बाधेर निस्केका जनताको तिरस्कार गरेका ओलिलाइ भुकम्पको पीडाले चिथोरिएका नेपालीलाइ नाकाबन्दी लगाउने मोदि अपराधसङ्गै एकाएक रास्टबादको मुकुन्डोले सिङ्गार्ने सुनौलो अबसर प्राप्त भयो । अमेरिकामा डोनाल्ड ट्र्म्प जो महिला आप्रबासी र अस्वेतहरु विरुद्ध घृणाको राजनिती गर्छन । दक्षिण एसियामा नरेन्द्र मोदि जो मुस्लिम समुदाय बिरुद्ध घृणा र पाकिस्तान बिरोधी घृणाको राजनीतिको जगमा आफ्नो भबिस्य देख्छ्नको बिगबिगी भएको युगमा नेपालमा भने ओलि कम्युनिस्ट क्रान्तिकारीहरु र उत्पीडित जाति क्षेत्र विरुद्ध घृणाको राजनितिमा छन ।

त्यसैगरि बिगत देखी नै अति दक्षिणपन्थी घृणा र तुच्छ बोलिहरुद्वारा बिभुषित ओलिको नेपालमा उदय संयोग मात्र होइन । अहिलेको बिश्व राजनितिको दक्षिण पन्थी अभ्यास र पुजिबादको अर्को नयाँ सँस्करन हो । त्यसैले उनका अभिव्यक्तिहरु स्वभाबिक छन । किनभने नेपालमा आजको समयको सबैभन्दा प्रगतिशील र क्रान्तिकारी नेतृत्व कमरेड बिप्लब हुन । तिनको विरुद्ध ओलिको अभिव्यक्ति क्रान्ति र परिबर्तनको विरुद्ध बिगतमा झैँ प्रतिगमनको सेवामा समर्पित उनको धर्म हो ।

हाम्रो बाटोको बारे
भनिरहनु परेन कि हाम्रो घोषित निति अनुसार नै हामी एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यन्वयनको बाटोमा छौँ । एकीकृत जनक्रान्ती भनेको एकाइसौँ शताब्दीमा सर्बहाराबर्गले बिकास गरेको फौजी कार्यदिशा हो । हाम्रो राजनैतिक कार्यक्रम बैज्ञानिक समाजबाद हो । बैज्ञानिक समाजबाद प्राप्तिको लागी हामीले एकीकृत जनक्रान्ती आफ्नो बाटो हुने प्रस्ट पारेका छौँ । र हिजो आज जे जति काम कार्बाही हाम्रो पार्टीको तर्फबाट भैरहेको छ त्यो त्यही कार्यदिशा कार्यन्वयनको क्रममा भएको हो । त्यो सबै कामकारबाहीको नैतिक जिम्मेवारी हाम्रो पार्टीको सर्बोच्च नेतृत्वबाट लिइसकेको छ । हामी इमान्दारिपुर्बक र गर्बका साथ फेरी भन्छौं जे जति कार्बाही हाम्रो तर्फबाट भएका छन ति नेपाली जनताको बर्गबैरिहरु बिरुद्द गरिएको र दलाल पुजिबादी राज्यको लुट बिरुद्ध गरिएको प्रतिरोध हो । प्रतिरोध को क्रममा सानातिना दुर्घटना भएका छन त्यो हाम्रा निम्ति दुस्खको कुरा हो ।

बर्तमान राज्यबारे

बर्तमान राज्यप्रती हाम्रो प्रष्ट दृस्टिकोण छ । यो राज्य दलाल पुजीवादी अधिनायकत्व कायम भएको सामाजिक दलाल पुजिबादी राज्यसत्ता हो । नेपाली जनता र सामाजिक दलाल पुँजिबाद बिचको अन्तरबिरोध नेपाली समाजको आजको प्रधान अन्तरबिरोध हो । बदलिएको नेपाली समाज बर्गिय अन्तरबिरोध र यहाँको वर्गसंघर्षको रुप अनुसार हामीले दलाल पुँजिबाद माथी कार्बाही गर्नेक्रममा एनसेलमाथी कार्बाही गरेको कुरा प्रष्ट छ । आम नेपाली जनतालाइ थाहा भएको कुरा के हो भने एनसेलले नेपालमा बसेर गरिने सबै प्रकारको कारोबार गर्दा नेपाल सरकारलाइ बुझाउनुपर्ने सबै प्रकारको कर उसले राज्यलाइ तिर्नुपर्छ । तर एनसेलले कम्पनीको किनबेचमा राज्यलाइ बुझाउनु पर्ने लाभकर बुझाएको छैन । अहिलेको हिसाबमा उसले नेपाललाइ ७२अर्व बराबर लाभकर बुझाउनु पर्छ।सर्बोच्च अदालतले समेत नेपाल सरकारलाइ उक्त लाभकार दाखिला गर्न आदेस गरिसकेको परिप्रेक्ष्यमा सम्सदबादी दलका मुल नेतृत्वलाइ दिएको कमिशनको आडमा नतिर्ने प्रपन्च गरिरहेको दिनको घाम झैँ छर्लङ्ग छ।

यहि कारण उसमाथी हाम्रो पार्टीले कार्बाही गरेपछी प्रधानमन्त्री खड्ग ओलि बर्बराउन पुगेको कुरा पनि अर्को सच्चाइ हो । राज्यको बर्गिय चरीत्र अनुसार देश र जनताको पक्षमा चलिरहेको आन्दोलन माथी राज्य आतंकको साहरामा दमन अभियान चलाउदै सयौं नेता कार्यकर्तालाइ झुटा मुद्दामा गिरफ्तार गर्ने र संकटकालको झलको दिने गरि गिरफ्तार गरि निशस्त्र कार्यकर्ता माथी गोलि हान्ने काम भैरहेको छ । कपिलबस्तु घट्ना यसको ज्वलन्त उदाहरण हो । राज्यले देशब्यापी फौजी अप्रेसन शुरु गरिरहँदा प्रतिरोधात्मक संघर्स अघि बढाउनु इतिहासको अपरिहार्य आबस्यक्ता बन्दै गएको छ । यसो हुँदा देशले सम्भाबित गृह युद्धको रुप नलेला भन्न सकिन्न ।

नबउदारबादी बजारअर्थतन्त्रको ज्यानमारा करणी विरुद्धको कार्बाहिबाट सबैभन्दा बढी क्षुप्द प्रधानमन्त्री ओलि र पुस्पकमल दाहाल हुनुको कारण छ । वर्गसंघर्षमा झापा आन्दोलन ताका जमिनदार बर्ग नै बर्ग शत्रु थियो र कार्बाही गरिएको थियो । धर्म ढकाल नाम गरेको जमिदारको टाउको गिड्ने काम प्रधानमन्त्री ओलिले नै गरेको कुरा मेरो पुस्ताले नपढेको होइन । आर्थिक र राजनितिक सत्ताको मालिक र त्यसका आधारहरु भत्काउनु त्यो बेलाको क्रान्तिको निशाना थियो । जनयुद्ध कालमा स्थानीय जमिनदार र दलाल भ्रष्ट नोकरसाह पुजिपती बर्ग माथी कारबाही गर्ने प्रचण्डको निति थियो।कथनिमा कम्युनिस्ट र समाजबादी करणिमा नबउदारबादी चरित्रका कारण पनि सबैभन्दा बढी तनाव ओलि महोदयलाइ भएको हो ।

तर आज प्रचण्ड र ओलिको हिजोको जमिन्दारको छोरा भन्दा अलिशान जिन्दगी बनेको छ र उनीहरुको बर्ग एक नोकरशाही राजनितिक पुँजिपती बनेको छ । सामन्य परिबारबाट अकल्पनीय सफलता हासिल गरेको यि दुइपात्रको बर्बराहट एक सामन्य गाउँ स्तरको राजनितिक कार्यकर्ताको स्तरको नहुनु दुस्खद कुरा हो । उनिहरु आफ्नो कालमा जे गरे त्यो ठिकै गरे । तर त्यसो गर्नुको उद्देश्य उनिहरुको बर्ग उत्थानको निम्ती थिएन । त्यसता कार्बाहीको बलमा प्राप्त शक्ती र सम्पत्ति आफ्नो ब्यक्तिगत हितमा प्रयोग गरेर केपि र प्रचण्डले नै सबैभन्दा ठुलो डकैती गरेका छन । हामी त्यस्तो डकैतीबाट आर्जन गरेको सम्पत्ति रास्टियकरण गर्नु पर्छ भन्छौं । र उनिहरु नै आजको दलाल पुजिबादको असली नोकर बनेका छन । त्यसकारण ओलिको बर्बराहट अचम्म लाग्दो छैन ।

हाम्रो विरुद्ध दुस्प्रचारबारे
जहाँसम्म ओलिको हामी माथी चलेको जिब्रो छ । त्यो पातलो जिब्रो निकै हाँसो युक्त त हो नै । लुटेरा समुहको रुपमा गरेको त्यो टिप्पणी प्रति हाम्रो आफ्नो कुनै त्यस्तो घटिय र सडक छाप आबरा टिप्पणी हुँदैन । गाँजा तानेर बर्बराउने आबराको जस्तो टिप्पणी गर्नु सभ्य राजनिती र समाजको निम्ति हितकर छैन र त्यो हाम्रो नैतिकता पनि होइन । त्यसैले म सम्मानिय प्रधानमन्त्री ज्युलाइ आग्रह गर्न चाहान्छु कि तपाइँ गँजडी हो कि देशको प्रधानमन्त्री रुर भन्न चाहन्छु कि देशको कार्यकारीको मर्यादा ख्याल राख्नुस । हो हाम्रो प्रष्ट कुरा छ हामी क्रान्ती चाहन्छौं । क्रान्ति इतिहासको ऐतिहासिक आबस्यक्ता हो।क्रान्ति हाम्रो मात्र रहरले हुने रोमान्चक खेल होइन । दमन शासक बर्गको अन्तिम अस्त्र हो । त्यो थाहा नहुने कुरा भएन ।

अहिलेको ब्यबस्था र ओलिसङ्ग जोडिएका सबालबारे

हामी माथी जस्तो आरोप लगाउन खोज्नु भएको छ । प्रधानमन्त्रीज्यु तपाईं र बर्तमान राज्यसँग जोडिएका केहि सबालहरु छन । ति सबालबारे हामी तपाईंसङ्ग जबाफ चाहन्छौं ।

१. एनसेलले तिर्नु पर्ने लाभकर नतिर्ने शर्तमा कमिशन लिनु लुटपाट हो कि तिर्नुपर्छ भन्नु लुटपाट ?
२. वाइडबडी कान्डको झन्डै साँढे चार अर्ब घोटाला कुन पबित्र धर्म कर्म हो ?
३. नक्कली भ्याट बिल प्रकरण कुन दुनियाँको सुसासन हो ?
४. बिना प्रतिस्पर्धा प्रधानमन्त्री कार्यलय मातहतको ठेक्का दिनु राजस्व र रास्टिय अनुसन्धान बिभाग प्रधानमन्त्री कार्यलय माताहत राख्नु ?

५. अर्ब माथिको ठेक्का सोझै सम्झौता गर्न पाउनुपर्छ भने तपाईंको सल्लाहकार टिमको नियत के होरु५,रास्टिय गौरबको परियोजना सिधै प्रधानमन्त्री कार्यलयले हेर्दा काममा तिब्रता खोजेको कि मोटो कमिशन देखेको ?
६. भन्सार अड्डाहरुमा आफु निकट कर्मचारी पठाएर ब्यापारी र कर्मचारीसङ्ग न्युन बिजकिकरण मार्फत राज्य लुट्नु र जनता ठग्नु कुन सादुको कर्म हो ?
७. नेपाल टेलिकमको फोर जि ठेक्का प्रकरणमा भएको १२अर्ब कमिशनको खेल कुन पबित्र कर्म होरु जबकी त्यही स्तरको काम जम्मा ६अर्ब रुपैयाँमा एनसेलले सम्पन्न गरेको छ ?
८. करपर्छ्यौट आयोगको नाममा चुडामणिा खडका मार्फत गरिएको २१अर्ब घोटाला प्रती तपाइँको दृस्टिकोण केहो ?

९. डाफर घोटाला कान्डामा लुटिएको देशको अस्मिता र अर्बौं रुपैयाँ घोटालाको केशमा तपाईंको धारणा के हो ?
१०. चरी र रमेश बाहुन तपाईंको काखमा बसेर के के गरे ?
११. लडाकु घोटाला प्रकरणमा प्रचण्डलाइ अख्तियारमा मुद्दा हाल्न महेश बस्नेतलाइ निर्देशन दिने समयको प्रचण्ड कुन पार्टीको अध्यक्ष छन ?
१२. रास्टबाद तपाईंको मुकुन्डो हो । सिके राउत प्रकरणमा त्यो देखियो नै । इतिहासमा महाकाली सन्धी गर्दा नेपाललाइ एक खर्ब बिस अर्ब बार्शिक आम्दानी हुन्छ भन्ने तपाईंले त्यो आम्दानी कहाँ कहाँ लगानी गर्नुभयो ?
१३. मदन भन्डारी फाउन्डेसनको नाममा भारतीय दूतावासबाट लिएको रकम कुन रास्टबादि प्रयोजनका निम्ति थियो ?
१४. बुढिगन्डकी प्रोजेक्ट गेजुवालाइ दिन कम्मर कसेर तपाईं आफैं लाग्नुको कारण कमिशन लुट्नु हो कि होइन ?
१५. नेपाललाइ दक्षिण यसियाको तेश्रो भ्रष्ट मुलुकमा पदोन्नति गर्ने काम कस्ले गरेको ?
१६. शिक्षा र स्वास्थ जस्तो संबेदनसिल विषयलाइ निजीकरण र ब्यापारिकरण गरेर लुट मच्चाउने कर्म कुन कम्युनिस्ट पार्टीको घोषणा पत्रमा उल्लेख छ ? यि कुकर्म गर्नेले कम्युनिस्ट पार्टीको बदनाम गरेको कि हामीले ?
१७.  उपचारको नाममा राज्यबाट तपाइँले लिएको १८ करोड रुपैयाँको लुटपाट चाहीँ जनताले माफ गर्नुपर्ने हो ?

अन्त्यमा,
हो हामी यो अपराधको विरुद्धमा छौँ । जो रास्ट र जनताको विरुद्ध गम्भिर अपराध हो । तपाईंको यो सुकर्म होला र बर्गिय धर्म । हामी यि अपराध कर्मको बिरुद्ध बमबाड गरिरहन्छौ । र प्रतिरोध गरिरहनछौं । रास्टाघात ,भ्रष्टाचार र राज्यनिर्देशित लुटपाट विरुद्धको बिद्रोहलाइ अपराध मानिन्छ भने प्रधानमन्त्री महोदय! हामी यस्ता हजारौं अपराध गर्छौं र गरिरहन्छौ । तपाईंका हरेक दमन हामिलाई  स्विकार्य छ। तिमी तिम्रो तरिकाले लड हामी हाम्रो तरिकाले लडछौँ । बैज्ञानिक समाजबाद प्राप्त नहुन्जेल हाम्रो अभियान रोकिन्न ।

(लेखक विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला इन्चार्ज हुन ।)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal