आज :

रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेटियो

मोरङ । बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ ।

नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फलेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदीमा गएको थियो ।

खोलामा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटाएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए ।

शव हेरेर हत्या तथा आत्म हत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । महिलाको शव परिक्षणको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal