आज :

ओलीजी सबैभन्दा ठूलो ‘लुटेरा’ हुन्, विप्लवलाई पनि आफूजस्तै देखिरहेका छन्ः पुन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी र नेतृत्वबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्षमा रहेको पार्टी र नेतृत्वलाई ‘लुटेर समूह’ भन्नु मुर्खतापूर्ण अभिव्यक्ति भएको बताए ।

सीके राउतसँग भएको सहमति घोषणा कार्यक्रममा शनिबार बोल्दै प्रधानमन्त्रीले सो अभिव्यक्ति दिएका थिए । उक्त विखण्डनको नारा लगाउने सीके राष्ट्रवादी र राजनीतिक परिवर्तनको नारा लगाउने विप्लव कसरी लुटेर भन्दै सत्तारुढ (नेकपा) कै नेता कार्यकर्ताहरुले विरोध जनाइरहेका छन् ।

“ओलीजीले बोलेको शब्दशब्द हामीले हेरिरहेका छौं, उहाँको भनाई निकै आपत्तिजनक छ । साम्राज्यावाद, दलाल र निगमबाट इशासारामा चल्ने ओलीजीले कम्युनिस्टबारे हामीलाई शिक्षा दिन मिल्दैन” नेता पुनले अनलाइन डबलीसँग भने । उनले कम्युनिस्टको मूल्य, मान्यता र सिद्धान्त छोडिसकेकाहरुले आफ्नो पार्टी र नेतृत्वबारे टिप्पणी गर्ने हैसियत नभएको बताए ।

कम्युनिस्टको नाममा सत्तामा पुगेका नेताहरुले नेपालका प्राकृतिक स्रोत साधान र सम्पदा विदेशीलाई बेचेका भन्दै पुनले भने, “कम्युनिस्टको नाममा भोट मागेर सत्तामा पुगेका कम्युनिस्टको मुकुण्डो लगाएका नेताहरुले नै देशका नदी–नाला बेचेका छन् । सीमा मिचिँदा हेरेर बसेका छन् । कमिसनको लोभमा दलाल पुँजिपतिको शरणमा छन् ।”

कम्युनिस्टको नाममा सत्ताका ओलीलगायतका नेताहरुले देश र जनतालाई लुटेको आरोप नेता पुनले लगाए । “महाकाली कसले बेचेको हो ? माथिल्लो कर्णाली कसले बेचेको हो ? बुढिगण्डकीमा कसले कमिसन खाएको हो ? अरुण तेस्रो कसले बेचेको हो ? वाइडबडी कसले खाएको हो ? एनसेलबाट कति खाएको छ ? भन्ने कुरा जनताले बुझेका छन् । सत्तामा बसेर देश र जनतालाई आफूले लुट्ने अनि विप्लव-प्रकाण्डलाई पनि आफूजस्तै देख्ने ?” पुनले प्रश्न गरे । उनले अहिलेको व्यवस्थता र सत्तामा पुगेका नेताहरुले देश र जनतालाई लुटिरहेको दाबी गरे ।

“यो व्यवस्था र सत्तामा पुगेका नेताहरुले देश र जनतालाई लुटिरहेका छन् । अरुलाई पनि आफूजस्तै देखिरहेका छन्, भदौमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देखेझैं हो” पुनले भने । कुराकानीको क्रममा पुनले अहिलेको व्यवस्था र नेताले देश र जनतालाई लुटिरहेकोले भन्दै भने, “कम्युनिस्टको नाममा देश र जनतालाई लुटिरहेका छन् । अब लुटिखाने धन्धा धेरै दिन चल्नेवाला छैन ।” आफ्नो पार्टीले वैज्ञानिक समाजवादको लागि संघर्ष गरिरहेको बताए ।

“दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको लागि सुरु भएको संघर्षमा हामीले आफ्नो पार्टीलाई जनस्तरबाटै भौतिक, आर्थिक र नैतिक सहयोग भइरहेको छ । त्यसलाई लुटेको भन्नु हास्यस्पद भएको कुरा हो” पुनले भने । कसले लुटेको छ भन्ने कुरा जनताले देखिरहेको बताउँदै इतिहासमा पुष्टि हुने दाबी गरे । कम्युनिस्ट नेताहरु काठमाडौं आउने बेलाको जीवनशैली र अहिलेको तुलना गर्दा नै को लुटेरा हो भन्ने कुरा प्रष्ट हुने नेता पुनले बताए ।

क्रान्ति र आन्दोलनको अज्ञाताकै कारण प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई लुटेराको आरोप लगाएको भन्दै नेता पुनले भने, “क्रान्ति–आन्दोलन र संघर्षबारे ओलीजीलाई ज्ञान छैन । अज्ञानताकै कारण ओलीजीले हाम्रो पार्टीबारे गलत अभिव्यक्ति दिनुभएको हो । उखान–टुक्का मात्रै होइन, क्रान्ति–आन्दोलन, देश र जनताको वर्तमान र भविश्यको बारेमा पनि ज्ञान राख्नुस् ।”

सीके राउतसँग गरिएको सहमति राष्ट्रघाती भएको नेता पुनको दाबी छ । यो सहमतिले अहिलेको सरकार र नेतृत्वकर्ता ओलीको चरित्र उदांगो भएको बताए । उनले साम्राज्यवादीहरुको डिनाईमा राउतसँगका सहमति भएको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal