आज :

BREAKING: किमजोङ-ट्रम्प वार्ता विफल, ट्रम्प एक्लै पत्रकार सम्मेलनमा

काठमाडौँ । उत्तर कोरियाका नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता एकाएक सकिएको छ । वार्ता विफल भएको बताइएको छ । बुधबारदेखि भियतनामको राजधानीस्थित एक तारे होटलमा सुरु भएको वार्ता अपेक्षा गरिएभन्दा निकै छोटो समयमै सकिएको छ ।

अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ।

वार्ता छोटै समयमा सकिएको हुँदा अपेक्षा गरिएअनुसारको सफल नभएको अनुमान गरिएको छ । तर ट्रम्प पत्रकार सम्मेजनमा उपस्थिति भएर वार्ताबारे जानकारी गराइरहेका छन् । उनले वार्ताको भन्दापनि चीन र रुसको भूमिकाबारे बोलिरहेका छन् ।

ट्रम्प र किम भियतनामको हनोईमा परमाणु निरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए।

वार्ता विफल भएपछि ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एउटा विज्ञप्तिमा भनिन्, “यसपटक कुनै सहमति हुन सकेन। तर दुवै पक्षका टोली भविष्यमा थप बैठकका लागि आशावादी छन्।”

सबैले अपेक्षा गरिएको कोरिया युद्धको अन्त्यको घोषणा भने नभएको अनुमान गरिएको छ । तर, सम्झौता सार्वजनिक भएको छैन ।
काठमाडौँ । उत्तर कोरियाली नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता सुरु भएको छ । पहिलो दिनको वार्ता विहीबारसम्मको लागि सम्पन्‍न भएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उहाँहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी भएका थिए ।

पहिलो दिनको वार्तामा सामान्य भलाकुसारीको साथै संक्षिप्तमा कुरा भएको छ । भोलि हुने वार्तामा बिस्तृत छलफल हुनेछ । दुबै देशका अधिकारीहरुले बताएका थिए ।

औपचारिक रुपमा वार्ताअघि दुबै नेताले संचारकर्मीसँग संक्षिप्त कुरा गरेका थिए । पहिलो वार्तामा झैं दुबै नेताले हात मिलाएका थिए ।
ट्रम्पले संचारमाध्यमहरुकै अगाडि किमजोङको खुलेर प्रसंशा गरे । उनले किमलाई महान् नेता भन्दै उत्तर कोरियासँग ठूलो आर्थिक क्षमता भएको समेत बताए । सोही क्षमताका कारण उत्तर कोरियाले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने बताएको सीएनएनले समाचारमा उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्राम्पले भने, “मलाई लाग्छ तपाईंको देशको ठूलो आर्थिक क्षमता छ । तपाईंको देशको लागि एकदम ठूलो भविष्य हुनेछ, तपाईं एक महान नेता हुनुहुन्छ ।” ट्रम्पले त्यसको लागि किमलाई आफूले सहयोग गर्ने समेत बताए ।

पहिलो वार्ता भन्दा यो पटक नेता किमजोङ पनि खुलेर कुरा गरेका थिए । उनले वार्ता सफल हुने विश्वास व्यक्त गर्दै त्यसको लागि सबै बाधाहरु हटाउन आफूहरु तयार रहेको बताए ।

भियतनाम सरकारले वार्ता स्थलको सुरक्षा व्यवस्था कडा बनाएको छ भने दुबै नेतालाई भब्य स्वागत गरिएको थियो । सडकमा झाँकीसँगै होटलको मुल ढोकादेखि वार्ता स्थलमसम्म ट्रम्प र किमजोङका विभिन्न तस्वीर सजाइएका छन् ।

डिनर तथा वार्ता स्थलमा सिमित पत्रकारहरुलाई मात्रै अनुमति दिइएको थियो । संवेदनशीलताको कारणले गर्दा सबै पत्रकारहरुलाई उक्त स्थानमा जान अनुमति नदिएको ट्रम्पका प्रेस सचिव सारा स्यान्डर्सले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal