News Portal

जीप दुर्घटनामा परी २ जनाको मृत्यु, ९ जना घाइते

१२६ पटक

काठमाडौं । बझाङमा आइतबार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-११ की १२ वर्षिय समु जोशी र ४८ वर्षिय धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बझाङकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्