काठमाडौँ । विकासवादी, पारदर्शी युवा नेताको रुपमा स्थापति भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको अहिले संचारमाध्यम र सामाजिक संजालमा चर्को आलोचना हुन थालेको छ । वाइडबडी खरिद प्रकारणमा भएको अनियमितताको अधिकारीको संलग्नता भएको प्रतिवेदन पेश भएपछि चौतर्फी आलोचना सुरु भएको हो ।
सार्वजनिक लेखा समितिले उक्त प्रकरणको छानविनको लागि गठित उपसमितिले मन्त्री अधिकारीसहित दुई पूर्वमन्त्रीसँगै नेपाल वायु सेवा निगमको नेतृत्वलाई कारवाहीको सिफारिस गरेको छ ।
मन्त्री अधिकारीले आफूले यस्तो प्रतिवेदन आउला भन्ने नलागेको प्रतिक्रिया दिएका छन् । उनले प्रतिवेद तयार हुनै लाग्दा मंगरबा राति समितिको पदाधिकारीलाई फोन गरेर प्रभावमा पार्ने प्रयास गरेका थिए । तर, पनि उनको लगातार आएको फोनको कुनै वास्ता नै नगरी समितिले कारवाहीको सिफारिस गरेको छ ।
यसअघि मन्त्री अधिकारीले आफू उक्त प्रकरणमा दोषी ठहर भए राजनीतिबाटै सन्यास लिने सार्वजनिक रुपमा बताउँदै आएका थिए । समितिले प्रतिवेदन बुझाएलगत्तै मन्त्री अधिकारीलाई राजिनामा दिन दवाव बढेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले छानविनलाई सहयोग पुर्याउन पनि मन्त्री अधिकारीले राजिनामा दिनुपर्ने बताएका छन् ।
सैबीच पूर्व जनमुक्ति सेनाका एक कमाण्डरले मन्त्री अधिकारी भ्रष्ट भएको भन्दै कारवाहीको माग गरेका छन् । हाल बर्गमित जनमुक्ति सेनाका मसहासचिव समेत रहेका राजन थापा ‘सुवाष’ले मन्त्री अधिकारीलाई कालोमोसो र जुत्ताका माला लगाएर जनताबीच घुमाई जनकारवाही गर्नेपर्ने बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तयार गरेको जनअदालतमा मन्त्री अधिकारीसहित वाइडबडी प्रकारणका दोषीलाई उभ्याउनु पर्ने बताएका छन् । “यस्ता भ्रष्ट दलाललाई कालोमोसो दलेर जुत्ताको माला लगाएर जनताको बीचमा घुमाएर जनकारवाहीको लागि विप्लवको अदालतमा उभ्याउनु पर्छ” सुवाषले भनेका छन् । उनले यस्तो भ्रष्टाचारीहरु अयोग्य भएको बताए । आफूहरुमाथि लगाइएको अयोग्यको बिल्ला हटाउनु पर्ने र आफूहरुले गणतन्त्र ल्याउन खेलेको भूमिकाको अपमान गरेको भन्दै संघर्षमा रहेका सुवाषले मन्त्री अधिकारीजस्ता भ्रष्टाचारीलाई अयोग्य घोषणा गर्नुपर्ने बताउँछन् । उनले पूर्वमन्त्री जितेन्द्र देव र जीवनबहादुर शाहीलाई पनि जनकारी गर्नु पर्ने बताए ।
उपसमितिले कारवाहीको सिफारिस गरेको नेपाल वायु सेवा निगमको प्रमुखसहित संचालक समितिको पदाधिकारीहरुः
टेकराज आचार्य
बुद्धिसागर लामिछाने
निमानुरु शेर्पा
मुक्तिराम पाण्डे
सुगतरत्न कंसाकार
प्रेमकुमार राई
शंकरप्रसाद अधिकारी
शिशिरकुमार ढुंगाना
महेश्वर न्यौपाने
सूर्यप्रसाद आचार्य
जिवनप्रकाश सिटौला
अच्युतराज पहाडी
सुरेश आचार्य
कृष्णप्रसाद देवकोटा
रमेशबहादुर शाह
रामहरी शर्मा
अच्युतराज पहाडी
पारस पौडेल
प्रभाषकुमार कर्माचार्य
जनकराज कालाखेती
श्रवण रिजाल
पुष्पलाल पोते
बृहतमान तुलाधर
गणेशबहादुर चन्द
रविन्द्रबहादुर शेरचन
कर्णबहादुर थापा
रवीन्द्र श्रेष्ठ
उपेन्द्र पौडेल
उमेश पौडेल
युवराज अधिकारी
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          





