आज :

एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो

  • अनलाइन डबली

काठमाडौं । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यस वर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो ।

बैंकको खुद नाफा भने ४ दशमलव ३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

इम्पेरमेन्ट चार्ज करिब २२ प्रतिशत घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेपछि खुद नाफा बढेको हो । गत वर्ष यस्तो चार्ज १ अर्ब १८ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा भने साढे १६ प्रतिशत घटेको छ ।

यसैगरी, बैंकको निष्क्रिय कर्जा अनुपात ६ दशमलव ९९ प्रतिशतबाट बढेर ९ दशमलव ८१ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal