आज :

पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भएपनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे ।

उनले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको लेखेका छन्। ‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु,’ उनले लेखेका छन्।

कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै उनले पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि निरन्तर प्रयास गर्ने लेखेका छन्।

शर्माले लोकतान्त्रिक पद्धतिलाई जीवन्त राख्न प्रतिस्पर्धामा उत्रिएका सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गर्दै पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal