आज :

इरानले अमेरिकाका २ युद्धपोत र १० तेल ट्यांकरमा मिसाइल हमला गर्यो

  • अनलाइन डबली

काठमाडौँ । इरान–अमेरिका युद्ध नयाँ मोडमा पुगेको छ । लाल सागरको तट हुथीको नियन्त्रणमा र होर्मुजमा इरानले नयाँ हमला सुरु गरेसँगै युद्ध नयाँ मोडमा पुगेको छ ।

अमेरिकाले घुडा टेकाउन खोजेपनि इरानले आफू रक्षात्मकबाट आक्रमणमा चरणमा प्रवेश गरेको घोषणा गरेको छ । अमेरिकाले पनि होर्मुजमा ग्राउण्ड अप्रेसनको धम्की दिइरहेको छ ।

इरानले मिसाइल बोकेका २ वटा अमेरिकाका युद्धपोतमाथि हमला गरेको छ । मिसाइलसँगै युद्ध सामाग्री बोकेका डिडीजी–११९ र डीडीजी–५३ युद्धपोतलाई इरानले निसाना भएको हो । यी युद्धपोतमा भारी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यसैगरी इरानले होर्मुजमा शक्तिशाली मानिएको ःत्त–१ मल्टी रोल ड्रोन इरानी सेनाले ध्वस्त पारेको जनाएको छ । यसअघि इरानी सेनाले अमेरिकी dive LD सबमरिन ड्रोन पनि कब्जामा लिएको थियो ।

त्यस्तै, अमेरिकासँग सम्बन्धित १० वटा तेल ट्यांकरमाथि इरानले मिसाइल हमला गरेको छ । अमेरिका र उसका सहयोगहरुका तेल ट्यांकरमाथि हमला गरेको इरानी मिडियाहरुले दाबी गरेका छन् ।

उता अमेरिकाले पनि इरानका ५ वटा तेल ट्यांकरमा मिसाइल हमला गरेको सेन्टकमले जनाएको छ । इरानको एउटा ट्यांकर समुन्द्रमा डुबेको अमेरिकाले दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal