आज :

मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। संस्थाका सचिव मिनराज ओलीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कबिराज ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली सहभागी हुनुभएको थियो।

प्रमुख अतिथि ओलीले आमनागरिकका लागि स्वच्छ तथा सुरक्षित पिउने पानी मानव जीवनको मौलिक अधिकार भएको बताउनुभयो। खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड दिँदै उहाँले आमनागरिकले आफ्नो मेहनतबाट कमाएको रकमबाट सञ्चालन तथा संरक्षण गर्दै आएका खानेपानी उपभोक्ता संस्थामाथि विद्युतमा १३ प्रतिशत कर लगाएर जनतालाई थप आर्थिक भार पार्ने काम भएको बताउनुभयो।

त्यसैगरी, विद्यमान ऐन तथा कानुनमा खानेपानी उपभोक्ता संस्था खारेजी तथा विघटनसम्बन्धी व्यवस्था राखिनु जनताले आफ्नै पहल र लगानीमा सञ्चालन गरेका खानेपानी संस्थाको अधिकारमाथि हस्तक्षेप भएको उहाँको भनाइ थियो। जनताको सहभागिता र लगानीमा सञ्चालित खानेपानी संस्थालाई संरक्षण गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

साधारणसभामा संस्थाका सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal