आज :

भोटेकोशी बाढी अपडेटः १ हजार ३४४ को शव फेला, ४ हजार ८९८ जना सम्पर्कविहीन

  • अनलाइन डबली

काठमाडौं । भोटेकोशी नदीमा आएको भिषण बाढीमा परेकामध्ये १ हजार ३४४ को शव फेला परेकाे छ । नेपाल प्रहरीले अझैं ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ ।

फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेको प्रहरीले जनाएको छ । अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सम्पर्कविहीन हुनेमा ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन्। १,३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन्। विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।

खोज तथा उद्धार कार्यका लागि ७,२१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal