आज :

भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 

  • अनलाइन डबली

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ । पहिचान हुन नसकेका शव तथा मानव अंगको विवरण नेपाल प्रहरीको विपद् सम्बन्धी पोर्टलमा उपलब्ध गराइएको छ ।

बाढी तथा विपद्का घटनामा हालसम्म २७९ जना घाइते भएका छन् । विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् भने घाइतेको उपचारसम्बन्धी विवरण प्राधिकरणले आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ । नेपाली सेनाले हालसम्म २ हजार ७४० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले हालसम्म ५७३ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये मंगलबार मात्रै १२ उडान गरिएको छ । भदौ १४ र १५ गते रसुवा र नुवाकोटमा सशस्त्र प्रहरी बलले ५० वटा हवाइ उडानमार्फत राहत सामग्री ढुवानी गरेको थियो । निजी क्षेत्रबाट काठमाडौंमा आधारित हेलिकप्टरमार्फत हालसम्म २९ वटा उडान भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal