आज :

पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक

  • अनलाइन डबली

काठमाडौं । चीनको बेइजिङमा आयोजित दोस्रो विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगितामा टिम तियानझुओको ह्युमानोइड रोबोटले १,५०० मिटर दौडको स्वर्ण पदक जितेको छ ।

आइतबार सम्पन्न दौडमा तियानझुओको रोबोटले १,५०० मिटर दूरी २ मिनेट २१ दशमलव ६३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा सहभागि रोबोटहरूले तीव्र गतिमा दौड सुरु गरेका थिए । घुम्तीमा सन्तुलन कायम राख्दै उनीहरूले शरीरको भार केन्द्रलाई आवश्यकताअनुसार भित्रतर्फ सार्दै सहज रूपमा दौड पूरा गरेका थिए । तीव्र गति र चुस्तताका कारण तियानझुओको रोबोटले अन्तिममा बाजी मारेको हो ।

प्रतियोगिता हेर्न पुगेका काङ तियानयुले रोबोट खेलकुद प्रविधि प्रदर्शन गर्ने महत्वपूर्ण माध्यम बनेको बताए । उनले प्रविधि हरेक वर्ष तीव्र गतिमा विकास भइरहेको र आगामी वर्षहरूमा यस्ता रोबोटले मानिसको दैनिक जीवनमा सहयोग तथा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

दोस्रो विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगिता शनिबार बेइजिङस्थित नेसनल स्पिड स्केटिङ ओभलमा सुरु भएको हो । प्रतियोगितामा १६ देशका ६६६ टोली र २ हजार ५६ वटा रोबोट सहभागी छन् । अगस्ट २६ सम्म सञ्चालन हुने प्रतियोगितामा ५१ वटा विधामा १ हजार ३०० भन्दा बढी खेल हुनेछन् ।

प्रतियोगिताको उद्घाटनतर्फ भएको १०० मिटरको प्रारम्भिक दौडमा पनि टिम तियानझुओको रोबोटले ९ दशमलव ३९ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरेको थियो । उक्त समय अघिल्लो संस्करणको कीर्तिमानभन्दा मात्रै होइन, मानव धावक उसेन बोल्टले कायम गरेको ९ दशमलव ५८ सेकेन्डको १०० मिटर विश्व कीर्तिमानभन्दा समेत छिटो हो । सीसीटीभी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal