आज :

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति

  • अनलाइन डबली

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र उनको निवास तथा पत्रिकाको कार्यालयमा गरिएको खानतलासीप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले गम्भीर आपत्ति जनाएको छ।

पार्टीको प्रचार विभागले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सत्ता र शक्तिको दुरुपयोगविरुद्ध प्रश्न उठाउनु, सरकारका गलत निर्णयको आलोचना गर्नु तथा जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउनु पत्रकारको संवैधानिक अधिकार भएको जनाएको छ।

पार्टीले आलोचनात्मक आवाज नियन्त्रण गर्ने, पत्रकारलाई पक्राउ गर्ने वा राज्यशक्तिको भय देखाएर सञ्चारमाध्यमलाई मौन बनाउने कुनै पनि प्रयास लोकतान्त्रिक व्यवस्थाका मूल्यमान्यतामाथिको प्रहार भएको दाबी गरेको छ।

पत्रकार श्रेष्ठले पत्रकारितामार्फत उठाएका विषयसँग असहमति भए तथ्य, तर्क र सार्वजनिक बहसमार्फत जवाफ दिनुपर्ने पार्टीको भनाइ छ। पत्रकारलाई पक्राउ गरेर प्रश्नको आवाज बन्द गर्ने प्रयास लोकतान्त्रिक सरकारका लागि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘सरकारको आलोचना अपराध होइन, प्रेसलाई नियन्त्रण गर्ने प्रयास लोकतन्त्रका लागि गम्भीर खतरा हो’ भन्दै राज्यसत्ताले आफूविरुद्ध उठेका आवाज सुन्न सक्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

पार्टीले पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गर्दै सञ्चारमाध्यमलाई भयमुक्त वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न नेपाल पत्रकार महासंघ, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल तथा लोकतन्त्रप्रति प्रतिबद्ध सम्पूर्ण शक्तिलाई एकजुट भएर आवाज उठाउन पार्टीले अपिल गरेको छ।

पार्टीका प्रमुख प्रचार विभाग रजमान तामाङद्वारा जारी विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal