आज :

श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

  • अनलाइन डबली

सिरहा । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभा विवादमा तानिएको छ ।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले दिएको राजनीतिक अभिव्यक्तिपछि उपस्थित केही सहभागीले आपत्ति जनाएका थिए।

श्रद्धाञ्जली कार्यक्रमलाई राजनीतिक भाषणको थलो बनाउन नहुने भन्दै सहभागीहरूले विरोध गरेपछि कार्यक्रमस्थलमा भनाभन भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार, सांसद यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारविरुद्ध अनावश्यक रूपमा प्रश्न उठाइएको तथा यसलाई सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्ने अभिव्यक्ति दिएका थिए।

त्यसपछि उपस्थित केही व्यक्तिले कार्यक्रमको उद्देश्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु र सामाजिक सद्भाव कायम गर्नु भएकाले विवादास्पद राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका थिए ।

विवाद बढ्दै गएपछि कार्यक्रम प्रभावित भएको थियो। त्यसपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिएका थिए। सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपक्षी दलहरूले अनावश्यक रूपमा विषयलाई उचालेको बताएका छन्।

यता, मधेश प्रदेशका पूर्वसांसद जगतप्रसाद यादवले श्रद्धाञ्जली सभा सामाजिक सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले आयोजना गरिएको भए पनि राजनीतिक अभिव्यक्तिका कारण कार्यक्रमको वातावरण बिग्रिएको आरोप लगाए।

आयोजकका अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सामूहिक सद्भाव ¥याली निकाल्दै बजार क्षेत्रका पसल सञ्चालन गर्ने तयारी थियो। तर कार्यक्रममा उत्पन्न विवादपछि त्यससम्बन्धी कार्यक्रम प्रभावित भएको र आगामी निर्णयबारे अन्योल रहेको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal