आज :

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

  • अनलाइन डबली

गोलबजार (सिरहा) । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ ।

सोमबार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ । बजारका अधिकांश पसल खुलेका छन् र सर्वसाधारणको चहलपहल पनि बढेको देखिएको छ । सोमबारका अवसरमा शिवालयहरूमा सोमबारे पूजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।

केही दिनअघि सिरहासहित तराईका विभिन्न क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव, झडप तथा त्यसपछि विकसित असुरक्षा अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले गोलबजारसहित प्रभावित क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्था सुधार हुँदै गएपछि प्रशासनले कफ्र्यु हटाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal