आज :

जनकपुरधाममा सद्भाव र्यालीकै बीच हिन्दू सम्राट सेनाको प्रदर्शन

  • अनलाइन डबली

जनकपुर । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ ।

हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय अनुसार आज विहान सद्भाव निकालिएको थियो ।

सद्भाव र्याली पश्चात जनकचोकमा सम्बोधन कार्यक्रम जारी रहेको समय हिन्दू सम्राट सेनाका सदस्यहरुले विरोध जनाउँदै नाराबाजी गरेका छन् ।

उनीहरुले हिन्दू मार्न पाईँदैन, हिन्दू राष्ट्र कायम गर, हिन्दू विरोधी सावधान लगायतका नारा लगाउँदै विरोध जनाए । उनीहरुले आफूहरुसंग वार्ता सम्पन्न भइनसकेकाले सद्भाव र्यालीको कुनै औचित्य नरहेको बताएका छन् ।

र्यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले हिन्दू सम्राट सेनाका प्रतिनिधिहरुसंग तत्काल छलफल गर्ने बताउँदै उनीहरुलाई सम्हालेर साथमै लिएर छलफलका लागि गएका छन् ।

हिजो सम्पन्न सर्वपक्षीय बैठकमा पनि हिन्दू सम्राट सेनाका प्रतिनिधि अनुपस्थित थिए । आज भएको सद्भाव र्यालीमा पनि हिन्दू सम्राट सेना सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal