आज :

इरानलाई घुँडा टेकाउन नसकेपछि अन्ततः पछि हट्यो अमेरिका, थप हमला नगर्न ट्रम्पको निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । दुई हप्तासम्म लगातारको बमबारीले पनि इरानलाई घुँडा टेकाउन नसकेपछि अन्ततः अमेरिका आफै पछि हटेको छ । १४ बुँदे शान्ति सम्झौताको उलंघन गरेर अमेरिकाले इरानमाथि भिषण हवाई हमला गरेको थियो ।

इरानले कडा जवाफ फर्काउँदै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविर र लगानीमाथि लगातार जवाफी हमला जारी राखेको थियो । ‘जस्तो हमला उस्तै जवाफ’ भन्दै इरानले पनि अमेरिकी सेनाको ठूलो क्षति पुर्याएको समाचार अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार एकतर्फी युद्धविराम उलंघन गरेर लगातार बमबारी गरेको १४ औं दिनमा ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार मध्यपूर्वमा अमेरिकी सेनासँग रहेका प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइल तथा अन्य हवाई प्रतिरक्षा हतियारको मौज्दात सकिएपछि ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । शुक्रबार ट्रम्प, उनका प्रमुख सल्लाहकार तथा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूबीच भएको बैठकपछि उक्त निर्णय गरिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal