काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । युद्धपूर्वको युद्धका कारण वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेको बताइएको छ ।
इरान–अमेरिकाबीच भएको युद्धविरामले केही आशा जगाएपनि पुनः लडाइँ सुरु भएपछि नेपालीले रोजगारी गुमाउने खतरा बढेको छ । वैदेशि रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो ।
विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको प्रस्थानमा समेत असर परेको थियो ।
गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको तथ्यांकले नेपालको वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ ।
विभागको तथ्यांकअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर कम्पनी० मार्फत विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो ।
यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ लाख २८ हजार ५२० पुगेको छ । यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन् । व्यक्तिगत रूपमा विदेश जाने समूहमा महिलाको हिस्सा २३।०९ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत जाने महिलाको अनुपातभन्दा दोब्बरभन्दा बढी हो ।
सरकार–सरकार (जीटूजी) प्रणालीअन्तर्गत गत आर्थिक वर्षमा ८ हजार १९७ जना नेपाली कामदार विदेश गएका छन् । यसमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन् ।
वैदेशिक रोजगारी गुमेसँगै नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।


अनलाइन डबली

