आज :

निजामती कर्मचारी अस्पताललाई सेवामुखी, व्यवस्थित र आत्मनिर्भर बनाएका डा.विधाननिधि पौडेल

  • धनन्जय बुढा

काठमाडौं । निजामती कर्मचारी अस्पताललाई देशकै उत्कृष्ट विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने उद्देश्यसहित प्रवेश गरेका प्रा.डा.विधान निधि पौडेलले आफ्नो चार वर्षीय कार्यकालमा धेरै लक्ष्यहरु पूरा गरेका थिए ।
अस्पताल प्रशासनले सेवा विस्तार, पूर्वाधार विकास, कर्मचारी व्यवस्थापन तथा आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेको दबी गरेका छन् ।

उनले पछिल्ला वर्षहरूमा अस्पताललाई सेवाको रोजाइमा पर्ने संस्थाका रूपमा विकास गर्न विभिन्न संरचनागत सुधार गर्न सफल रहेका थिए । अस्पताललाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा पाटन अस्पतालसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पु¥याउने लक्ष्यका साथ सेवा विस्तार, व्यवस्थापन सुधार र जनशक्ति सुदृढीकरणमा विशेष ध्यान दिदै करिब सो लक्ष्य पूरा पनि गरेका थिए ।

कर्मचारी व्यवस्थापनतर्फ लामो समयदेखि करारमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको समस्या समाधान गर्दै कानुनी प्रक्रियाअनुसार स्थायी व्यवस्थापन गर्नसमेत सफल रहे । साथै कर्मचारीहरूको तलब–भत्तामा रहेको असमानता हटाई नेपाल सरकारका कर्मचारीसरह सुविधा उपलब्ध गराउने कार्यलाई पनि महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए ।

अस्पतालको आर्थिक अवस्था सुधार गर्दै नाफामुखी सञ्चालन गर्न सफल भए, त्यसबाट चिकित्सकलाई ७५ प्रतिशत तथा अन्य कर्मचारीलाई ५० प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराएर कर्मचारीलाई हौसला बढाएका थिए । जसले गर्दा कर्मचारीको मनोबल वृद्धि हुनुका साथै अस्पतालमा दक्ष जनशक्ति टिकाइ राख्न सहयोग पुगेको थियो ।

कोभिड–१९ महामारीका बेला अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको दिनको घाम जस्तैः छर्लङ्ग नै छ, कोभिडको पहिलो लहरपछि अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याई कोभिड तथा गैर–कोभिड बिरामीको उपचारलाई निरन्तरता दिइएको थियो ।

साथै ५० शय्याको आइसोलेसन सुविधा निर्माण गरी सञ्चालनमा ल्याइएको तथा आईसीयू, एचडीयू लगायतका सेवा विस्तार गरिएको अस्पताल व्यवस्थापनले जनाएको थियो ।अस्पताललाई आगामी दिनमा अझ प्रभावकारी, सेवामुखी र नागरिकको विश्वास जित्ने स्वास्थ्य संस्थाका रूपमा विकास गर्न त्यसलाई निरन्तरता पनि दिनुपर्छ ।

सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक (मार्च २०२१–मार्च २०२५)।

  • दुर्गम क्षेत्रमा स्वास्थ्य सहायकबाट सेवा सुरु गर्दै ग्यास्ट्रोएन्टेरोलोजी विशेषज्ञका रूपमा स्थापित।
  • बिरामी उपचार, चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन तथा स्वास्थ्य नीति निर्माणमा उल्लेखनीय योगदान।
  • कोभिड–१९ महामारीका बेला दैनिक ‘मर्निङ क्लिनिकल कन्फरेन्स’को सुरुआत, जुन हालसम्म निरन्तर सञ्चालनमा।
  • कोभिड तथा गैर–कोभिड बिरामीको उपचार व्यवस्थापन सुदृढ गर्दै अस्पतालमा खोप केन्द्र स्थापना।
  • लोक सेवा आयोगमार्फत करार कर्मचारीलाई स्थायी गर्ने तथा नयाँ स्थायी कर्मचारी भर्ना प्रक्रिया सम्पन्न।
  • चिकित्सक तथा कर्मचारीको सेवा–सुविधा सुधार तथा अतिरिक्त भत्ता व्यवस्था लागू।
  • लामो समयदेखि जारी कर्मचारी आन्दोलनको सफल समाधान।
  • ICU, NICU र PICU सेवाको विस्तार।
  • न्युरोलोजी, नेफ्रोलोजी, डायलाइसिस, CTVS, नेत्ररोग, इन्डोक्राइनोलोजी तथा TCM लगायत नयाँ विभाग स्थापना।
  • ३ टेस्ला एमआरआई, लिन्याक रेडियोथेरापी, थ्री–डी म्यामोग्राफी, BMD परीक्षण, उन्नत माइक्रोबायोलोजी प्रयोगशाला, डिजिटल इमेजिङ तथा 3D/4K अपरेशन थिएटरजस्ता अत्याधुनिक सेवा सञ्चालन।
  • OPD, एन्डोस्कोपी तथा थेराप्युटिक एन्डोस्कोपी सेवाको विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान।
  • हाल पनि बिरामी उपचार, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास र नेपालको स्वास्थ्य सेवा प्रणाली सुधारमा सक्रिय योगदान।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal