आज :

कर्णाली नदीमा फोर्स गाडी दुर्घटना उपडेटः एकजनाको शव निकालियो, बाँकीको खोजीकार्य जारी

  • अनलाइन डबली

काठमाडौँ । कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनामा एकजनाको शव फेला परेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको क‍.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी विहीबार दिउँसो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट करिब ६००–७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा थियो ।

सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली दुर्घटनास्थल पुगेको थियो ।

दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै खुलेको छैन । अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal