आज :

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन श्रावण २ गते हुने

  • अनलाइन डबली

काठमाडौँ । नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन यहि आउँदो ने.सं.११४६ दिल्लाथ्व पञ्चमी श्रावण २ गते शनिवार हुने भएको छ  ।

काठमाडौं जिल्लाको अधिवेशन गर्न नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितको संयोजकत्वमा सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सम्मिलित तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको पत्रकार दबूका महासचिव केके मानन्धरले जानकारी दिनुभयो ।

दबूको केन्द्रीय महाधिवेशन भदौ १९ र २० गते गोरखा जिल्ला भिमसेन गाउँपालिका ५ मिलनवस्तीमा हुने निश्चित भएपश्चात सम्पूर्ण जिल्लाहरुलाई असार १५ गते भित्र जिल्ला अधिवेशन गर्न परिपत्र भएकोमा अन्य जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको छ भने काठमाडौं जिल्लामा अधिवेशनको कुनै तयारी नभएको कारण केन्द्रले तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको हो । त्यसका लागि नयाँ दर्ता र नविकरण कार्य सुरु भइसकेको समेत महासचिव मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म पच्चीस जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ देशमा विदेश विभाग गठन गरी संयोजकको समेत जिम्मेवारी दिइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal