काठमाडौं । हर्मुज जलमार्गमा गरेको नाकाबन्दी प्रभावकारी नभएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दोस्रो चरणको वार्ताको लागि तयार भएका छन् । पहिलो चरणको वार्ता सफल नभएपछि इरानलाई नाकाबन्दीको धम्की दिएर सेना पठाएका थिए । तर, इरानले जवाफ दिने बताउँदै हर्मुजमा सेना तैनाथ गरेपछि ट्रम्प पछि हट्न बाध्य भएका छन् ।
हर्मुज जलमार्गका अमेरिकाले गरेको नाकाबन्दीको चीन, रुसलगायत अमेरिकाका सहयोगी देशहरुले नै विरोध जनाउँदै आएका छन् । चीनले त इरानसँग आफ्नो सम्झौतामा रोक्ने अवस्था आए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
अमेरिकी नाकाबन्दीलाई प्रभावहिन बनाउँदै चीनका तेल ट्यांकर हर्मुज हुँदै पार गरेका छन् । त्यस्तै, इरानले अनुमति दिएका ट्यांकरमात्रै सो मार्गबाट वारपार हुने अवस्था अझैं कायम छ ।
हर्मुजमा नाकाबन्दी गरेर इरानको तेल नकिन्न अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिएका थिए । तर, उनको चेतावनीलाई चीन, रुस, स्पेनले निकम्मा बनाइदिएका छन् । नाकाबन्दीको अमेरिकाका सहयोगी कतार, साउद अबर, अष्ट्रेलिया, बेलायतलगायतका देशहरुले विरोध जनाएका छन् ।
नाकाबन्दी प्रभावकारी नभएपछि ट्रम्प इरानसँग पुनः वार्तामा फर्किने मनस्थितिमा पुगेका छन् । यसै हप्ता फेरि वार्ता सुरु हुन सक्ने ट्रम्पले न्युयोर्क पोस्टसँग बताएका छन् । अन्तर्वार्ताको क्रममा ट्रम्पले भने, ‘तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनमा केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यहीँ जाने बढी छ ।’
हर्मुज जलमार्गबाट चीनका जहाज पार गरेको समाचार विश्वभर प्रसारण भइरहेपनि ट्रम्पले २४ घण्टाभित्र कुनैपनि जहाज पार नभएको झुटो दाबी गरे । इरानी सेनाले हर्मुज जलमार्ग आफ्नो अधिकार क्षेत्रभित्र रहेको बताउँदै त्यसमा हुने गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको छ ।


अनलाइन डबली



