आज :

पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठुलो वृद्धि गरेको छ ।

निगमले बिहिबार मध्य रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको जानकारी दिएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्य समायोजनपश्चात काठमाडौँ (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँबाट बढेर २१९ रुपैयाँ पुगेको छ । पहिलो वर्ग क्षेत्रमा १९९.५० बाट बढेर २१६ र दोश्रो वर्ग क्षेत्रमा २०१ बाट बढेर २१८ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरतर्फ पहिलो वर्गतर्फ १७९.५० बाट बढेर २०४.५०, दोश्रो वर्गतर्फ १८१ बाट बढेर २०६ र तेश्रो वर्गतर्फ १८२ बाट बढेर २०७ रुपैयाँ मूल्य बृद्धि भएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर(७.१ किलो) लाई १ हजार पाँच रुपैयाँ तोकिएको छ । यस्तै आन्तरिक हवाई इन्धनतर्फ २५१ रुपैयाँलाई बृद्धि गरी २५७ रुपैयाँ तोकिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि निगमको घाटा न्यूनीकरण हुन नसकेको निगमले जनाएको छ । मूल्य समायोजन पश्चात पनि निगमलाई पाक्षिक (१५ दिनमा) करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal