आज :

लेबनानमा इजरायलको अहिलेसम्मकै ठूलो हमला, युद्धविराम संकटमा र विश्वभर नेतान्याहूको विरोध

  • अनलाइन डबली

काठमाडौँ । इजरायलले लेबनानमा भिषण हमला जारी राखेको छ । इरान–अमेरिका र इजरायलबीच भएको युद्धबिराम उलंघन गर्दै इजरायलले हमला जारी राखेको हो ।

इरान–अमेरिकाबीच भएको युद्धबिराम सहमतिमा इरान, लेबनानमा आक्रमण नगर्ने उल्लेख छ । तर, इजरायलले सहमतिको उलंघन गर्दै युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै इजरायलले लेबनानमाथि गरेको अहिलेसम्मकै भीषण आक्रमण गरेको छ ।

इजरायली सेनाले बुधबार लेबनानका विभिन्न क्षेत्रमा बमबारी गर्दा २५४ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानसँग गरेको युद्धविरामप्रति असन्तुष्ट रहका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनान बमबारी जारी राखेका छन् ।

इजरायलले हमला जारी राखेपछि इरानले अमेरिकासँग हुने भनिएको स्थायी शान्ति सम्झौताको वार्तामा सहभागी हुनु औचित्यहीन हुने चेतावनी दिएको छ ।

इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर कलिबाफले इजरायलले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले इजरायलले हिजबुल्लाहमाथि समान्तर युद्ध चर्काइरहेको बताउँदै यो कार्य सम्झौताको मर्मविपरीत काम भएको बताए । कलिबाफको यो चेतावनीसँगै स्लामावादमा हुने भनिएको वार्ताको भविष्य अन्योलमा परेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई हप्ते युद्धविराम लेबनानको हकमा लागू नहुने बताएका छन् । भान्सको यो भनाईसँगै युद्धविराम संकटमा परेको छ ।

उता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसहित १३ युरोपेली राष्ट्र, जापान र क्यानडाले भने इजरायली आक्रमणको भत्र्सना गर्दै लेबनानलाई पनि युद्धविराममा समेट्नुपर्ने माग गरेका छन् ।

यसैबीच मध्यपूर्व ठूलो युद्धको संटकबाट बाहिर आउन लागेको तर नेतान्याहूले वातावरणलाई उचालिरहेको भन्दै विश्वभर विरोध भइरहेको छ । नेतान्याहू युद्ध अपराधि भएको भन्दै विश्वका नेताहरुले विरोध गरेका छन् । यसैबीच इराकले पनि लेबनानमाथिको हमलाको पनि निन्दा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal