काठमाडौँ । इरान र अमेरिका–इजरायलबीचको युद्ध ४० दिनपछि विराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सभ्यता नै सिध्याईदिने धम्कीबाट युद्धविरामको लागि सहमति भएको छ । ट्रम्पले सम्झौताको लागि इरानलाई झुकाउन नसकेपछि नेपाली समयअनुसार आज विहानसम्म इरान ढुंगो युगमा पुर्याउने धम्की दिएका थिए ।
ट्रम्पले इरानलाई झुकाउने गरी पाकिस्तानमार्फत १५ बुँदा पठाएको थियो । इरानले ट्रम्पका सबै बुँदालाई खारेज गर्दै नयाँ सर्त अगाडि सारेको थियो । अगाडि सारेको १० बुँदे सहमतिमा ट्रम्प युद्धविराम गर्न तयार भएपछि ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामलाई स्वीकृत दिएको थियो ।
दुई हप्ताको लागि गरिएको युद्धविरामको बेला इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युद्धविरामलाई तेहरानले विज्ञप्ति जारी गरेर आफूले ऐतिहासिक विजय हासिल गरिसकेको दाबी समेत गरेको छ ।
इरानले ट्रम्पले १० बुँदे रणनीतिक र आर्थिक मागहरू स्वीकार गर्न बाध्य भएको दाबी गरेको छ । ईरानका प्रमुख मागहरूमा अनाक्रमणको ग्यारेन्टी, हर्मुज जलमार्गमा ईरानी नियन्त्रणको निरन्तरता, युरेनियम संवर्धनको मान्यता, ईरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने, मध्यपूर्व क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने र क्षतिपूर्ति भुक्तानी गरिनुपर्ने जस्ता विषयहरू समावेश छन् ।
४० दिने युद्धमा अमेरिकाको हार भएको र इरानको जित भएको विज्ञहरुले दाबी गरेका छन् । ट्रम्पले इरानका ऊर्जालगायतका सबै भौतिक संरचनामा हमला गर्ने बताएपछि इरानी जनताले मानव साङ्लो बनाएका थिए । बालबच्चासहित करिब एक करोड ४० लाख जनताले मानव साङ्लो बनाएर घेराउ गरेका थिए । मानव साङ्लोमाथि हमला गरे युद्ध अपराधको मुद्दा लाग्ने र विश्वबाट नांगिने डरबाट पछि हट्न बाध्य भएका थिए ।
यी हुन् इरानले युद्धविरामको लागि तय गरेका १० बुँदा
१. इरानले परमाणु हतियार निर्माण नगर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछ।
२. इरान तथा उसका सहयोगी समूहहरूमाथि हुने सम्पूर्ण आक्रमण अन्त्य गर्न मार्ग प्रशस्त गर्ने प्रावधानहरू समावेश गरिनेछन्।
३. उक्त क्षेत्रबाट अमेरिकी लडाकु सेनाको सम्भावित फिर्ती र क्षेत्रीय बेसहरूबाट इरानमाथि हुने कुनै पनि आक्रमणमा पूर्ण प्रतिबन्ध लगाइने प्रस्ताव राखिएको छ।
४. इरानका निश्चित नियम तथा “सुरक्षित आवागमन प्रोटोकल” अन्तर्गत, हर्मुज जलमार्ग र्फत दुई हप्तासम्म दैनिक सीमित जहाज आवागमनको व्यवस्था गरिनेछ।
५. इरानमाथि लगाइएका सबै प्राथमिक, द्वितीयक तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने व्यवस्था गरिनेछ।
६. युद्धबाट इरानले भोगेका क्षतिहरूको परिपूर्ति गर्न, देशका लागि लगानी तथा आर्थिक कोष स्थापना गरिनेछ।
७. अमेरिकाद्वारा इरानको परमाणु पदार्थ समृद्धि गर्ने अधिकारलाई स्वीकार गरिनेछ र समृद्धिको स्तरबारे पारस्परिक छलफल गरिनेछ।
८. इरानलाई क्षेत्रीय राष्ट्रहरूसँग द्विपक्षीय तथा बहुपक्षीय शान्ति सन्धिहरू गर्न अनुमति प्रदान गरिनेछ।
९. सम्पूर्ण क्षेत्रीय प्रतिरोध समूहहरूप्रति आक्रमण नगर्ने नीतिलाई विस्तार गरिनेछ।
१०. यी सबै प्रतिबद्धताहरूलाई आधिकारिक रूपमा संयुक्त राष्ट्रसंघको प्रस्तावमार्फत अनुमोदन गरिनेछ ।


अनलाइन डबली

