आज :

कोलम्बियामा सैन्य विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी

  • अनलाइन डबली

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो । रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् ।

दुर्घटनामा परेकाहरूको यकिन सङ्ख्याबारे फरक–फरक विवरणहरू बाहिर आएका छन् । कोलम्बियाली एयरोस्पेस फोर्सले सामाजिक सञ्जाल एक्स मार्फत ६ जना चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, समाचार संस्था रोयटर्सले सैन्य स्रोतलाई उद्धृत गर्दै सोमबार साँझसम्म मृतकको सङ्ख्या ६६ पुगेको जनाएको छ । कोलम्बियाको ठूलो पत्रिका एल टिएम्पो ले विमानमा कम्तीमा १२० जना सवार रहेको उल्लेख गरेको छ ।

अहिले घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य भइरहेको । घाइतेहरूलाई उपचारका लागि सैन्य अस्पताल लगिएको । घटनाको यकिन कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ । गत फेब्रुअरीमा पनि बोलिभियाली वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा दर्जनौँको मृत्यु भएको थियो । कोलम्बियाको यो घटनालाई सोही प्रकृतिको अर्को ठूलो सैन्य विमान दुर्घटनाका रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal