आज :

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

  • अनलाइन डबली

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसाथ बङ्गलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो तथा १ स्वर्ण र ३ रजतसाथ दाङ जुडो डोजो तेस्रो भए ।

नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य हात पार्यो । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोस्रो भयो । तेस्रो स्थानको पेल्खिल डोजो क्लब, भुटानले ३ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त गर्यो । जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार पाए ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए । क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।

प्रतियोगिताको अन्तिम दिन आइतबारै जुनियरतर्फ ९ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दीपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान टीखत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बङ्गलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते । महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बङ्गलादेश क्रिराकी फबिहा बुश्रा पहिलो भए ।

विजेतालाई त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा।डा। रामकृष्ण महर्जन, आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा जुडोका संस्थापक मध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal