काठमाडौँ । अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशनालयले इरानले आणविक संवद्र्धन क्षमता पुनर्निमाण नगरेको बताएको छ । निर्देशनालयलकी निर्देशक तुलसी गब्बार्डले सो कुरा बताएकी हुन् ।
बुधबार अमेरिकी सिनेटको गुप्तचर समितिलाई बुझाइएको लिखित प्रतिवेदनमा गब्बार्डले गत वर्ष अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको र त्यसलाई ब्युँताउने कुनै प्रयास नभएको प्रतिवेदनमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी झुट साबित भएको छ । इरानविरुद्ध हमला गर्नुको कारण भन्दै ट्रम्पले दाबी गरेको झुट बताइदिएको छ । ट्रम्पले इरानको आणविक महत्वाकांक्षालाई विश्वका लागि ठूलो खतरा भन्दै कूटनीतिक वार्ता भंग गरेर युद्धको बाटो रोजेका थिए ।
अमेरिकी अधिकारीहरुले नै ट्रम्प इजरायलको उक्साहटमा युद्धमा होमिएको आरोप लगाउँदै आएका छन् । उनिहरुलाई गुप्चर निर्देशनालयको प्रतिवेदनले पुष्टि गरेको छ ।
अमेरिकाले सन् २०२५ जुनमा सञ्चालन गरिएको अपरेशन मिडनाइट ह्यामरमार्फत इरानी आणविक केन्द्रहरूमा आक्रमण गरिएकोबाट आणविक संवद्र्धन कार्यक्रमलाई ‘जरादेखि नै उखेलेको’ र त्यसयता इरानले यसलाई पुनः सुरु गर्ने कुनै संकेत देखाएको छैन प्रतिवेदनमा उल्लेख छ ।
गुप्तचर प्रमुखकै यो प्रतिवेदनले ट्रम्प प्रशासनको युद्ध नीतिको भित्री आधारमाथि गम्भीर नैतिक र रणनीतिक प्रश्न खडा गरिदिएको बताइएको छ ।


अनलाइन डबली



