आज :

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

  • अनलाइन डबली

काठमाडौं । इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ ।

अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन् । यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत अवरोध गर्ने काम भइरहेको जनाएको छ । दुबईका विभिन्न स्थानमा सुनिएको ठूलो आवाज वायु रक्षा प्रणालीले मिसाइल तथा ड्रोन अवरोध गर्दा आएको बताइएको छ ।

यसैबीच अबुधाबीको मिडिया कार्यालयका अनुसार ड्रोन आक्रमणपछि अबुधाबी शहरबाट करिब १८० किलोमिटर दक्षिणपश्चिममा रहेको विशाल शाह ग्यास क्षेत्रमा लागेको आगोको मूल्यांकन गर्न त्यहाँको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । उक्त आक्रमणपछि ग्यास क्षेत्रमा आगलागी भएको थियो, जसलाई अहिले नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

शाह ग्यास क्षेत्र विश्वकै ठूला ग्यास उत्पादन केन्द्रमध्ये एक मानिन्छ । सरकारी स्वामित्वको अबुधाबी नेशनल आयल कम्पनी (एडनोक) ले सञ्चालन गर्ने यस क्षेत्रबाट दैनिक करिब १.२८ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्ने क्षमता रहेको छ । यसअघि सोमबार पनि ड्रोन आक्रमणपछि यूएईको फुजैराह पेट्रोलियम औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको थियो । यूएईको ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई इरानले पटक–पटक निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal