आज :

लेख्न बाँकी नै छ

  • अग्निराज पौडेल ‘अराप’

“अल्झिएर लडिरहेका छन्
देश बनाउने सपनाहरू
झन् झन् ओरालो झरेका छन्
समृद्धिका योजनाहरू
झन् झन् अलपत्र परेका छन्
मुक्ति र समावेशीताका नाराहरू
लेख्न बाँकी नै छ
सिंहदरबार खरानी बनाएर
मुलुक बर्बाद पार्नेहरूको भविष्य । ”

हजारौँ सन्ताप र चिन्ताहरू
अरुलाई सुनाउन दुःसाध्य छन्
छर्लङ्गै देखिएका छन्
हिजो छापेर बेचिने पत्रपत्रिका
आज लिलाम चढेर छापिएका छन्
सूचनाका व्यापारीहरू
शक्तिकेन्द्रका प्यादा कूपमण्डुकहरू
विष पिएर जीउन अभीशप्त छन्
अझै लेख्न बाँकी नै छ
नयाँ नारामा वासी झुटपत्रका तमासाहरू ।

धुँवाको मुस्लोलाई
शीतलहर भनेर छोप्दैछन्
निर्लज्ज विचारका मलामीहरू
नुनको गुन वमन गरिरहेका छन्
लेण्डुपे रिले दौडको मैदानमा
विद्वान बुद्धिजीवीझैँ लाग्ने जुलुङ्गाहरू
नेत्रपट्टि धारण गरेका घोडाजस्तै
एकोहोरो दौडिरहेका छन् दायाँबायाँ नहेरी
एल्गोरिदमको सिकञ्जामा कैद युवाहरू
एउटै तराजुमा तौलिरहेका छन्
फुटपाथ र सपिङ् महललाई
मर्सिडिज र ठेलागाडालाई
च्यातेको नागरिकतामा
राष्ट्रियता खोज्दै
किनारमा उभिएर ताली बजाउनेहरूको
विवरण अझै लेख्न बाँकी नै छ ।

आगो झोसेर खरानीमा
भुङ्ग्रो खोज्दैछन् हात सेक्नलाई
कर्पाेरेट टावरमा बसेर
सडक पेटीका पसल लुट्नेहरू
उपहास बनाइएका भूइँमान्छेहरूको
काँधमा टेकेर मञ्चन भइरहेको छ
मधुशालाको प्राङ्गणमा
सरकार र अपराधको स्वयम्वर
सदाझैँ मुख मिठ्याउँदै नाच्दैछौ
हामी जन्ती र घराती बनेर
भ्रममा छौ हामी
शासक बनाउन चुनेका हौँ भनेर
ढुक्क छन् उनीहरू
साक्षी किनारमा उभ्याउन
हामीलाई चुनेर
लेख्न बाँकी नै छ
ओरालो झरेका समृद्धिका गोरेटाहरू
अल्झिएर लडिरहेका देशका सपनाहरू !
… … …
२०८२ फागुन १२, सानोठिमी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal