आज :

चुनाव सकिएलगत्तै नेकपा उम्मेदवार डा.रोकाया जनतामाझ जाँदै

  • अनलाइन डबली

हुम्ला । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार डा.दीपेन्द्र रोकायाले आफ्नो पार्टीले निर्वाचनलगत्तै गाउँगाउँ जाने निर्णय गरेको बताएका छन् । आइतबार सदरमुकाम सिमिकोटमा पार्टीको बैठक बोलाएर नेता–कार्यकर्तालाई चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि निरशा भन्दा थप सुदृढ हुनुपर्नेसमेत बताएका छन् ।

निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा नआए पनि सबै पालिकाहरुमा पुगेर आफ्ना मतदाताहरुलाई धन्यवाद दिन आफूहरु हरेक पालिकामा पुग्ने डा.रोकायाले अनलाईन डबलीलाई बताए । लोकतान्त्री पद्धतिमा हारजित स्वभाविक रहेको र आफू कत्ति पनि निराश नरहेको उनको भनाई छ । “मेरा प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाज्यूलाई म हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न पनि चाहन्छु, साथै हुम्लाको विकास र जनताको समृद्धिका लागि हामी सहकार्य गरेर अघि बढ्ने हो”, डा.रोकायाले भने ।

चुनावी अभियानमा खटेर मतपरिणाम नआउन्जेलसम्म खटेर सहयोग गर्ने नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद बैठक बोलाएको बताउँदै रोकायाले भने,“हामीले सोचे जस्तो परिणाम हातबाट गुमे पनि ‘एउटा माघले जाडो सकिदैन’ फेरी पनि चुनाव नै सबै थोक पनि हैन हाम्रो हुम्ली जनताप्रतिको भूमिका निरन्तर छ, त्यसैले यो अभियान चलाउँदै छौं ।”

सोमबारबाटै मतदातालाई धन्यबाद अभियान चलाउने जसका लागि हरेक पालिकामा पुगेर जनतासँग भलाकुसारी गर्ने योजान रहेको रोकायाले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal