जनकपुर । बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन विहानदेखि उत्साहपूर्वक देशभर भइरहेको छ ।
यसै क्रममा धनुषामा पनि विहान ७ बजेदेखि नै मतदान सुरु भएको छ । धनुषाका सहायक जिल्ला अधिकारी एवम निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेका अनुसार विहान ११ः३० बजेसम्म धनुषा जिल्लाभरि ३० प्रतिशत मतदान सम्पन्न भएको छ ।
उनका अनुसार यहि क्रम जारी रहेमा बेलुकी ५ बजेसम्म ७० प्रतिशत मत खस्ने अनुमान रहेको छ । उनले धनुषाको सम्पूर्ण क्षेत्रहरुमा शान्तिपूर्वक मतदान जारी रहेको छ । तीनवटै तहका सुरक्षा निकायहरु चुस्तदुरुस्त रुपमा खटिएकाले कुनै किसिमको होहल्ला र विवाद नहुनेमा ढुक्क हुन उनले आग्रह गरे ।
सहायक जिल्ला अधिकारी गैरेका अनुसार आज ५ बजेसम्म मतदान सम्पन्न भएपछि सम्पूर्ण क्षेत्रबाट मतपेटिका संकलन गरी जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालय महेन्द्र नारायण निधि संस्कृतिक सभाहलमा ल्याइनेछ । त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको बारेमा निष्कर्स निकालिने छ ।


अनलाइन डबली

