आज :

तोसिमा कार्कीले मतदानपछि भनिन्– यो इतिहास रच्ने समय हो

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी कार्कीले विहीबार बिहान ललितपुर–१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन् । उनका अनुसार देश–विदेशबाट नेपालीहरू मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् भने उपत्यकाभित्रका धेरै मतदाता पनि भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् ।
उनले यसपटक आफ्नो एक मत पनि नछुटाउन र सबैलाई मतदानमा सहभागी हुन आग्रह गरिन् ।

उनले भनिन्, ‘जनताहरुमा धेरै उत्साह छ । देश विदेशबाट नेपालीहरु भोट हाल्नकै लागि स्वदेश आउनु भएको छ । उपत्यकाभित्रका पनि थुप्रै भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् । यो पटक आफ्नो एक भोट पनि छुटाउनु हुँदैन । सबैलाई यो इतिहास रच्ने समय हो । आफ्नो मत नछुटाउन समेत आग्रह गर्दछु । परिवर्तनको पक्षमा मत छुट्यो भने पछुतो हुनेछ । लोकतन्त्रमा ठूलो हतियार भनेको जनताको आफ्नो मतअधिकार हो ।’

उनले परिवर्तनको पक्षमा मत नदिए पछुतो हुन सक्ने भन्दै लोकतन्त्रमा जनताको सबैभन्दा ठूलो हतियार भनेको मताधिकार नै भएको बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal