आज :

मुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित

  • अनलाइन डबली

मुगु । प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय गरेको छ ।

निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा शङ्कास्पद वस्तु ९बम० फेला परेपछि मतदान प्रक्रियामा केही समय अवरोध सिर्जना भएको थियो ।
खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको नेपाली सेनाको टोलीले ती बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय ९डिस्पोज० पारेको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

बम भेटिएपछि सोरु क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ । स्थानीय बासिन्दा धर्मराज शाहीका अनुसार बम विष्फोटको डरले गर्दा मतदान केन्द्रमा मतदाताहरूको उपस्थिति निकै न्यून देखिएको छ ।

‘बिहानैदेखि बमको खबरले गाउँलेहरू डराएका छन्, जसका कारण मतदान केन्द्रमा न्यून संख्यामा उपस्थिति देखिएको छ,’ शाहीले जानकारी दिंदै भने ।

उक्त क्षेत्रका अन्य केही स्थानहरूमा पनि शङ्कास्पद वस्तु राखिएको हुनसक्ने अपुष्ट खबरहरू आएपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुले सुरक्षा व्यवस्था कडा पारिएको र निर्धक्क भएर मतदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal